Skip to content

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

nabil bank

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म ऋणपत्रमा आवेदन दिन पाइने छ ।

बैंकले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर दिने गरी ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गरेको छ ।

बैंकले प्रतिइकाइ एक हजार रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० लाख इकाइ ऋणपत्र निष्काशन गरेको हो । त्यसमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई बाँडफाँट गर्नेछ । बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँको ४ लाख इकाई सर्वसाधारणका लागि बाँडफाँट गर्ने जनाएको छ । यस्तै २० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि ५ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । आवेदनकर्ताले धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime