काठमाडौं । हिमालयन बैंकले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओमा न्यूनतम १० र अधिकत सबै कित्तामा आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटलले छ । एफपीओमा सी(आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिने दिन सकिने छ ।
बैंकले असार ३२ गतेदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गरेको हो ।






प्रतिक्रिया दिनुहोस्