काठमाडौं । साउनको हरेक सोमबार पशुपतिनाथको दर्शन गर्ने जानेका लागि निस्शुल्क बस सेवा सुरु गरिएको छ ।
गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति क्षेत्र विकास कोष सँगको सहकार्यमा मयुर यातायातसँग सहकार्य गरेर निस्शुल्क बस सेवा सुरु गरेको छ ।
बस सेवा २ रुटमा सन्चालन हुनेछन् । पहिलो रुट बल्खु, एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तीनकुने, एयरपोर्टहुँदै पशुपतिसम्म रहेको छ । यस्तै दोस्रो रुट बल्खु हुँदै नयाँ बसपार्क, तक्रपथ, चावहिलहुँदै पशुपतिनाथसम्म रहेको छ ।
बस सेवा बिहान ४ बजेदेखि १० बजेसम्म हुनेछ । बसको समयमा कुनै परिवर्तन भएमा अघिल्लो दिनमा नै सूचना जारी गरिने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्