Skip to content

बिश्वब्यापी ब्राण्ड ‘प्रो होण्डा जेनुइन इन्जिन आयल’ अब नेपालमा

nabil bank

काठमाडौं । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार ट्रेडिङले नेपालमा प्रो होण्डा जेनुइन इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्राण्डको रुपमा भित्र्याएर बिक्री बितरण सुरु गरेको छ ।

होण्डा मोटर कम्पनीले मोटरसाइकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि आधुनिक र बिश्वस्तरीय इन्जिन आयल ब्राण्डको उद्देश्य यसले होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय इन्जिन आयल सुबिधा पुर्याउनु रहेको जनाइएको छ ।

होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरण प्रदूषण कम गर्न सहयोग गराउने उद्देश्य रहेको जनाइएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ । जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ । यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउने र समग्रमा इन्जिनको आयु अझ बढाउने कम्पनीको दाबी छ ।

स्याकार ट्रेडिङ कम्पनीका अनुसार, होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुने जनाइएको छ । होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध रहेको जनाइएको छ । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन् ।

स्याकार टे«डि¨ कम्पनीले नेपालमा होण्डा मोटर कम्पनीको बिगत ५५ बर्ष भन्दा अघिदेखि आधिकारीक बितरक हो । यसले देशभरि होण्डाका उच्च गुणस्तरका उत्पादनहरु र उत्कृष्ट बिक्री पश्चात सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime