काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आज पक्राउ गरेको हो । अग्रवाललाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको जनाइएको छ ।
अग्रवालले विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले अग्रवाललाई आपराधिक विश्वासघात र ठगी कसुरमा पक्राउ गरेको लगानी न्यूूजलाई बताए ।
अग्रवालले विभिन्न व्यक्तिलाई २० करोड भन्दा बढी ठगेको आरोप रहेको प्रहरीको दाबी छ ।
अग्रवालले सेयर लगानीकर्ताका साथै ब्रोकर कम्पनीलाई समेत ठगी गरेको आरोप छ ।






प्रतिक्रिया दिनुहोस्