काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला चार दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी आइतबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री भइरहेको छ । यस दिन चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्