Skip to content

नेपाल र भारतका निजी क्षेत्रबिचको सहकार्यले दुवै देशको हित हुन्छः अध्यक्ष प्रियदर्शी

nabil bank

काठमाडौं । भारतको अदानी समूह अन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डसनका अध्यक्ष शिशिर प्रियदर्शीले नेपाल र भारतका निजी क्षेत्रबिचको सहकार्यले दुवै देशको हित हुने बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा आइडा डिस्टिंगुइस्ड लेक्चरको तेस्रो संस्करणमा सीआरएफका अध्यक्ष तथा अदानी ग्रुप विश्वसम्बधका प्रमुख, विश्व व्यापार सङ्गठनका पूर्वनिर्देशक शिशिर प्रियदर्शीले नेपालमा आर्थिक समन्वय बढाउन र भारतीय आर्थिक वृद्धिको फाइदा लिन पाँच वटा सुझाव दिए ।

उनले नेपाल–भारत आर्थिक मञ्च स्थापना गरेर नियमित संवाद, व्यापार सहजता, र नीतिगत समन्वयलाई प्रवद्र्धन गर्न आग्रह गरे । उनले दुई देशबीचको द्विपक्षीय सहकार्यका लागि सहज अवसरहरुबाट लाभ लिन, व्यापार प्रक्रिया सरल बनाउन, पूर्वाधारको उपयोग गर्ने जस्ता कार्यहरू शीघ्र कार्यान्वयन गर्न सुझाव दिए ।

‘नेपालले सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र विकास गर्नुपर्छ, जसले लगानी आकर्षित गर्छ र निर्यातमुखी उद्योगहरूलाई प्रोत्साहन दिन्छ’, उनले भने, ‘स्टार्टअप र इनोभेशन ब्रिज निर्माण गरेर दुबै देशका उद्यमी र प्रविधि नवप्रवर्तकहरूबीच सहकार्य, ज्ञान आदानप्रदान र नयाँ बजार पहुँच सुनिश्चित गर्नुपछै ।’ सीमावर्ती पूर्वाधारमा लगानी गरी जलविद्युतको जडान क्षमता सुधार गर्न र हालको पारवहन अवरोधहरू हटाउनुपर्ने आवश्यकता रहेको बताए ।

‘भारतको ट्रिलियन डलर अर्थतन्त्रः नेपालका लागि अवसर’ भन्ने शीर्षकमा आयोजित उक्त कार्यक्रममार्फत प्रियदर्शीले भारतको आर्थिक सफलताकोे कथालाई प्रस्ट पारे ।

‘भारत र नेपालबीच साझा गर्ने प्रशस्त अवसरहरू छन्, तर ती अवसरहरू आफैंमा परिणाममा रूपान्तरण हुँदैनन’ उनले भने, ‘ऊर्जा सहयोग लगायत विभिन्न क्षेत्रमा निजी क्षेत्रबिचको संलग्नता साझा समृद्धिको प्रमुख आधार हो । अगाडि बढ्नका लागि दुवै देशको सरकारबीच पनि अझ गहिरो नीतिगत समन्वय आवश्यक छ ।’

कार्यक्रममा आइडा र सीआरएफबीच सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ । सम्झौताको उद्देश्य दुई संस्थाहरूबीचको सहकार्यलाई संस्थागत गर्दै संयुक्त अनुसन्धान, नीति पैरवी, र क्षेत्रीय विकास तथा कूटनीतिका विषयमा रणनीतिक संवादलाई प्रवद्र्धन गरहेको छ ।

आइडाका संस्थापक सुनिल केसीले यो साझेदारी दुबै संस्थाहरूका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए । ‘यसले कार्यान्वयनयोग्य नीति निर्माण गर्नतर्फ हाम्रो साझा प्रतिबद्धतालाई झल्काउँछ’ उनले भने ।

भारत हाल ४.१९ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र हो । जसले हरेक १२ देखि १८ महिनामा थप १ ट्रिलियन डलर थपिरहेको छ । तर छिमेकी नेपाल भने त्यो अवसरबाट फाइदा लिन पछाडि परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime