Skip to content

३३ अर्ब ४४ करोडको ईभी आयात, गत वर्षभन्दा साढे २ अर्ब बढी

nabil bank

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधान (ईभी) आयात हुनेक्रम निरन्तर बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा गत आवको असार मसान्तसम्म नेपालमा विद्युतीय सवारी साधन आयात २ अर्ब ६६ करोड ८५ लाख ५४ हजार रुपैयाँ अर्थान ८‍.६७ प्रतिशले बढी रहेको छ ।

भन्सार विभागका अनुसार नेपालमा अघिल्लो आवमा ३० अर्ब ७७ करोड ७३ लाख ३६ हजार रुपैयाँको २३ हजार ८७२ वटा विद्युतीय सवारी साधान आयात भएको छ । यो अवधिमा राज्यले १३ अर्ब ७२ करोड रुपैयाँ राजस्व पाएको छ ।

यस्तै गत आवमा विभिन्न देशबाट ३३ अर्ब ४४ करोड ५८ लाख ९१ हजार रुपैयाँको गाडी आयात भएको छ । १ वर्षको अवधिमा ३० हजार ८३ थान गाडी आयात हुँदा राज्यले २० अर्ब २७ करोड ८४ लाख ५९ हजार रुपैयाँ कर पाएको छ ।
नेपालमा सबैभन्दा बढी चीनबाट २६ अर्ब ३३ करोड १० लाख २५ हजार रुपैयाँको २५ हजार १९२ थान सवारी साधान आयात भएका छन् ।

यस्तै भारतबाट ६ अर्ब ६४ करोड ८४ लाख ५९ हजार रुपैयाँको ४ हजार ७८४ थान गाडी आयात भएको छ । विभागका अनुसार नेपालमा चीन, भारतका साथै इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, मलेसिया, अमेरिका लगायत देशबाट विद्युतीय सवारी साधान आयात हुने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime