Skip to content

बढी पहिरोले ५ राजमार्ग पूर्णरूपमा अवरोध, ५ वटा एकतर्फी सञ्चालन

nabil bank

काठमाडौं । बाढी पहिरोका कारण मुलुकका ५ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म संखुवासभा जिल्ला भोटखोला गाँउपालिका–४ बरूण स्थित कोशी राजमार्ग, पाँचथर जिल्ला फिदिम नगरपालिका–४ र सोही पालिकाको हिलिहाँङ गाँउपालिका–७ को संगम स्थल हेवाखोला स्थित मेची राजमार्ग, सोही जिल्लाको तुम्वेवा गाँउपालिका–२ तमोर कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरोध भएको छ ।

यस्तै रसुवा जिल्ला गोसाईकुण्ड गाँउपालिका–५ क्लब डाँडा स्थित पासाङ ल्हामु सडकखण्ड, रूकुम पश्चिम जिल्ला अठबिसकोट नगरपालिका–६ रिजिगार जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरोध भएको छ ।

यस्तै एकतर्फी रूपमा काठमाडौं जिल्ला टोखा नगरपालिका–२ स्थित काठमाडौं –नुवाकोट सडक खण्ड एकतर्फी सुचारू भएको छ । यस्तै बागलुङ जिल्ला बागलुङ नगरपालिका–१० दब्ल्याङ स्थित कालिगण्डकी करीडोर एकतर्फी सुचारू भएको छ भने नवलपरासी पुर्ब गैडाकोट नगरपालिका –३ तरङखोला स्थित कालिगण्डकी करीडोर एकतर्फी सुचारू भएको छ ।

रोल्पा जिल्लाको परिवर्तन गाँउपालिका–५ ग्रामजिम र सोही स्थानको भुर्तिवाङ स्थित सहिद राजमार्ग एकतर्फी सुचारू भएको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime