Skip to content

एनआइसी एसिया बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा १५ प्रतिशत छुट पाउने

nabil bank

काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचारमा छुट पाउने भएका छन्।

एनआइसी एसिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच यस बैंकका ग्राहकले आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो।

उक्त सम्झौतासँगै अब यस बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले शल्यक्रियामा १५ प्रतिशत वा बढीमा १० हजार रूपैयाँसम्म, सामान्य चेकजाँचमा र अप्टिकल लेन्स सेवामा १० प्रतिशतको छुट पाइने बैंकले बताएको छ।

त्यसका साथै पहिलो पटक सेवा लिने ग्राहकले ओपीडी शुल्क र दर्ता शुल्कमा पनि पूर्ण छुटको सुविधा पाउनेछन्। यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकमार्फत भुक्तानी गर्नुपर्ने छ।

बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ। एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहकको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime