हङकङ। गैर आवासीय नेपाली संघ हङकङको दशौं महाधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ ।
आज सम्पन्न १० औं अधिवेशनमा अध्यक्षसहित १० जना पदाधिकारी निर्विरोध चयन भएका छन् ।
अधिवेशनले अध्यक्षमा अनु राई, उपाध्यक्षमा सन्तोष कुमार गुरुङ, उपाध्यक्षमा कविता गुरुङ निर्विरोध चयन गरेको हो ।
यस्तै महासचिवमा इन्द्र पुर्जा पुन, सचिवमा विश्वनाथ घिसिङ, कोषाध्यक्षम अर्जुन गौचन निर्विरोध चयन भएका छन् ।
यस्तै अधिवेशनबाट महिला संयोजकमा सत्यावती गहतराज, यूवा संयोजकमा मनोज गौतम, सदस्यमा डु बहादुर गुरुङ र आईसीसी सदस्यमा डिल्लीराम विश्वकर्मा निर्विरोध चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै हङकङ महावाणिज्यदूत हङकङ विन्देश्वर लेखकले विदेशमा बस्ने नेपालीलाई जोड्नको लागि गैरआवासीय नेपाली अभियान महत्वपूर्ण रहेको बताए । उनले नेपालबाट हङकङ आउने क्रम सन् १९४८ देखि शुरु भएको बताए ।
एनसीसी हङकङमा ४ वर्ष कार्यकाल अध्यक्षको रुपमा पुरा गरेका नितर्वमान अध्यक्ष गोकर्ण ढकालले सबैलाई धन्यवाद व्यक्त गरे ।






प्रतिक्रिया दिनुहोस्