Skip to content

सिन्धु विकास बैंकको नाफा २८७.६० प्रतिशतले बढ्यो, खराब कर्जा ६.०३ प्रतिशतमा सीमित

nabil bank

काठमाडौं । गत आर्थिक वर्षमा सिन्धु विकास बैंकको नाफामा उल्लेख्य सुधार आएको छ ।

गत आवको असार मसान्तसम्म बैंकले ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा २८७.६० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ करोड ४ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको भए पनि सञ्चालन नाफा बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज घटेको छ । जसले गर्दा नाफा बढाउन सहयोग पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ४१७.३९ प्रतिशतले बढेर १५ करोड ३५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६९ पैसाबाट बढेर २१ रुपैयाँ १५ पैसा पुगेको छ । बै‌ंकको प्रतिसेयर नेटवर्थ ६७.३९ रुपैयाँबाट बढेर ८६.७० रुपैयाँ रहेको छ ।

हाल ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ७ करोड ४१ लाख ५४ हजार रुपैयाँ ऋणात्मक छ । ५ अर्ब ६८ करोड ८ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंककले ३ अर्ब २५ करोड २२ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime