काठमाडौं । सञ्चालनमा रहेको ९२ वटा ब्रोकर कम्पनीले एक वर्षमा २१ खर्ब ६ अर्ब ३३ करोड ४२ लाख ७२ हजार ८१४ रुपैयाँको सेयर खरिद बिक्री गरेका छन् ।
गत आर्थिक वर्षमा ९२ वटा ब्रोकर कम्पनीले २१ खर्ब ६ अर्ब ३३ करोड ४२ लाख ७२ हजार ८१४ रुपैयाँको सेयर खरिद बिक्री गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै सेयर कारोबार नाशा सेक्यूरेटिज कम्पनीको भएको छ । यस कम्पनीले गत आवको १२ महिनामा १ खर्ब २९ अर्ब १ करोड ८९ लाख ३४ हजार १९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस अवधिमा यस कम्पनीको १ खर्ब २९ अर्ब ४० करोड १८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।
यसैगरी, दोस्रोमा इम्पेरियल सेक्युरिटिज कम्पनी रहेको छ। यो ब्रोकरले ८३ अर्ब २१ करोड ५५ करोडको सेयर बिक्री गरेको छ भने ८७ अर्ब ७ करोड ४१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।
तेस्रोमा भिजन ७९ अर्ब ७८ करोड ९७ रुपैयाँबराबरको सेयर बिक्री गरेको छ भने ७७ अर्ब २३ करोड ४५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।






प्रतिक्रिया दिनुहोस्