काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको टिमुरेमा निर्माण भइरहेको सुख्खाबन्दरगाहको भौतिक प्रगति ८१ प्रतिशत रहेको बताएका छन् । तर, २०८२ असार २४ गते अचानक आएको बाढीका कारणले बन्दरगाहमा क्षति पुगेको बताए ।
असार २४ गते अचानक आएको बाढीका कारणले बन्दरगाहको रिटेन वाल भत्किएको, पार्किङ स्थल बगाएको, २ वटै गोदामघरमा क्षति पुगेको, सामान लोडअनलोड गर्ने स्थानमा समेत क्षतिग्रस्त भएको बताए । आज प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा उक्त कुरा बताए । ओलीले रसुवागढी नाकामा भन्सार, अध्यागमन, क्वारेण्टाइन र सुरक्षा निकायहरूले एकै ठाँउबाट सेवा प्रवाह गर्नेगरी एकिकृत कार्यालय भवनको निर्माण कार्य ५५ प्रतिशत सम्पन्न भइसकेको स्मरण गरे ।
ओलीले क्षति पुगेका उक्त भौतिक संरचनाहरूको शीघ्र पुनस् निर्माण गरी नाका सञ्चालन गर्न सम्बद्ध पक्षसँग समन्वय भइरहेको बताए । त्यसैगरी, गल्छी(मैलुङ(स्याफ्रुवेशी सडक खण्डको निर्माणमा भएको ढिलाईको सम्बन्धमा उक्त सडकको बेत्रावती पुलदेखि बेत्रावती वाइ जक्सनसम्म पुल निर्माण सम्पन्न भएतापनि घर जग्गा मुआब्जाको विषय सर्वोच्च अदालतमा पुग्दा केही ढिलो हुन गएको बताए । अदालतबाट भएको फैसला बमोजिम कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको बताए ।
रसुवा(नुवाकोट सिमानामा रहेको फलाखु खोलाको पुल सम्पन्न भएकोमा पुलको दुवैतर्फको एप्रोचमा पर्ने जग्गा उपयोगको सम्बन्धमा स्थानीय विवाद उत्पन्न भएकाले सरोकारवाला स्थानीयसँग समन्वय गरी समस्याको समाधान गरिने बताए ।
निर्माण व्यवसायीको त्रुटिको कारण मैलुङ्स्या-फ्रुबेसी सडक खण्डको ठेक्का अन्त्य गरी पूनः ठेक्का लगाउनका लागि श्रोत सहमति तथा वहुवर्षीय ठेक्का व्यवस्थापनको प्रक्रिया थालनी भइसकेको छ ।
साथै, स्याफ्रुबेसी(रसुवागढी सडक खण्ड चीन सरकारको अनुदान सहयोगमा कालोपत्रे गर्ने कार्य शुरु भइसकेकोमा २०८२ असार २४ गते आएको बाढीले गराएको क्षतिका कारण अवरुद्ध उक्त सडक खण्डहरु हाललाई अस्थायी रुपमा सञ्चालन गरिएको र सडक कालोपत्रेको लागि समन्वय भइरहेको जनाए ।






प्रतिक्रिया दिनुहोस्