Skip to content

चुरा, पोते र टिका अमेरिकादेखि आयात, एक वर्षमा ८४ करोड बाहिरियो

nabil bank

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म ८४ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको चुरा, पोते र टिका आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको १२ महिनामा प्लास्टिकको चुरा र टिका ७ करोड ८६ लाख ६८ हजार बराबरको आयात भएको छ ।

प्लास्टिकको यस्तो बस्तु सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट यस अवधिमा ७ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको यस्तो बस्तु आयात भएको छ। यसै गरी, चीन, कतार, अमेरिका, उज्बेकिस्तान र नामिबियाबाट यस्तो बस्तु आयात भएको छ ।

यसबाट सरकारले १ करोड ५ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसै गरी, यस अवधिमा ४६ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको सिसाको चुरा तथा टिका नेपाल भित्रिएको छ । सबैभन्दा धेरै सिसाको चुरा तथा टिका भारतबाट आयात भएको छ ।

भारतबाट यस अवधिमा ४६ करोड ५१ लाख १६ हजार रुपैयाँ बराबरको सिसाको कुरा तथा टिका आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यस्तो वस्तु अन्य देश चीन, युके, युएई, श्रीलङ्का, कुवेत लगायतका बस्तु आयात भएको छ ।

यसै गरी, गत आर्थिक वर्षको १२ महिनामा २९ करोड ४६ लाख १० हजार रुपैयाँ बराबरको पोते आयात भएको छ । यसबाट सरकारले ८ करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको राजस्व संगलन गरेको छ ।

पोते चीनबाट धेरै आयात भएको छ । चीनबाट २३ करोड ४२ लाख २५ हजार रुपैयाँ बराबरको पोते आयात भएको छ। यसपछि सबैभन्दा धेरै पोते आयात हुने दोस्रो देश भारत रहेको छ । यस अवधिमा भारतबाट १ अर्ब ७३ करोड २४ लाख रुपैयाँ बराबरको पोते आयात भएको छ ।

यसैगरी, पोते सबैभन्दा धेरै आयात हुने तेस्रो देश जापान रहेको छ । जापानबाट ३ करोड ५९ लाख १६ हजार रुपैयाँ बराबरको पोते आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime