काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफा एक वर्षमा १३.८६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ को असारमसान्तसम्म १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकको नाफा गत आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्म घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।
गत आवमा यस बैंकको खुद ब्याज आम्दानी घटेको छ । जसको कारण बैंकको खुद नाफा पनि घट्न पुगेको हो। गत आवको असार मसान्तसम्म यस बैंकको खुद ब्याज आन्दानी १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी एक वर्षमा साढे २५ प्रतिशतको हाराहारीमा घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ रहेको थियो ।
यसैगरी , यस अवधिमा बैंकको कुल सञ्चालन नाफा पनि घटेको छ । बैंकको सञ्चालन नाफा समीक्षा अवधिमा १३.६९ प्रतिशत घटेर १ अर्ब ६४ करोड २ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा १ अर्ब ९० करोड रुपैयाँभन्दा धेरै रहेको थियो ।
गत आवको असारमसान्तसम्म यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म यस बैंकले ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २४ अर्ब ८० करोड ९३ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले सेयर आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्न सक्न रकम १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा रहेको बैंकले जनाएको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ । बैंकले उक्त अवधिसम्म ६.९७ प्रतिशत बेसरेटमा कर्जा लगानी गरिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्