Skip to content

पीईभीसीको दर्ता तथा निष्काशन शुल्क ५० प्रतिशत घटाईने

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटल (पीईभीसी) को विद्यमान कोष व्यवस्थापन शुल्क र दर्ता तथा निष्काशन शुल्क ५० प्रतिशतले घटाउने भएको छ ।

सेबोनले मंगलवार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हाल विद्यमान कोष व्यवस्थापन शुल्क र दर्ता तथा निष्काशन शुल्क घटाउने निर्णय गरेको हो ।

यसैगरी, बोर्डले प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरुमा विदेशी लगानी थप आउने गरी विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावली संशोधन गर्ने पनि निर्णय गरेको छ । सेबोन, नेप्से र कम्पनी रजिस्ट्रार कार्यालयबीच प्रभावकारी समन्वय स्थापित गरी प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरुलाई लगानीको समयावधि सकिएपछि लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजान सक्ने व्यवस्था गर्ने पनि गर्ने बोर्डको योजना रहेको छ ।

प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरुको स्वामित्वमा रहेको धितोपत्रको लकइन अवधि सार्वजनिक निष्काशन गरी बाँडफाँट भएको मितिले हालको एक वर्षबाट दुई वर्ष बनाउने बोर्डको रणनीति रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime