Skip to content

स्वास्थ्यमा समस्या भएपछि बीमा प्राधिकरणको सञ्चालकबाट पोखरेलद्वारा राजीनामा

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको महिला सदस्य राधा पोखरेलले स्वास्थ्यमा समस्या भएपछि राजीनामा दिएकी छिन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट पोखरेललाई चैत १ गतेदेखि लागू हुने गरी प्राधिकरणको विज्ञ महिला सदस्यमा नियुक्त गरेका थिए ।

स्वास्थ्यमा समस्या भएपछि पोखरेलले सोमबार राजीनामा दिएको लगानी न्यूजलाई बताइन् । ‘म केही समयदेखि अस्वस्थ्य भएर घरमा नै आराम गरिरहेको छु’ सदस्य पोखरेलले भनिन्, ‘लामो समयदेखि बोर्ड सञ्चालक समितिको बैठकमा समेत जान सकेको छैन । बैठकमा पनि जान नसकेको, स्वास्थ्यमा पनि केही समस्या देखिएपछि राजीनामा दिएको हो ।’

उनले स्वास्थ्यका कारण समय दिन नसक्ने भएपछि प्राधिकरण जस्तो महत्वपूर्ण नियामक निकायमा विज्ञ महिला सदस्यपद खाली राख्न नहुने र त्यहाँ अन्य व्यक्ति आएर काम गर्न सक्ने उनको भनाइ छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime