काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) पुनर्संरचनामा गर्ने योजना अघि सारेको छ ।
मंगलवार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेबोनले चालु आर्थिक वर्षमा नेप्से तथा सीडीएससीको पुनर्संरचना गर्ने रणनीति अघि सारेको हो ।
नीति तथा कार्यक्रमले नियामक निकाय र बजार सञ्चालकहरूको संस्थागत क्षमता अभिवृद्धिमा विशेष जोड दिएको छ । नेप्से र सीडीएससीको पुनर्संरचनामा सहजीकरण गर्ने उल्लेख गरेको हाे ।
यसैगरी, बोर्डले धितोपत्रको दोस्रो बजारको सुदृढ व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिंग को सेयर स्वामित्वमा परिर्वतन गरी संरचनात्मक सुधार गर्ने पनि जानकारी दिएको छ ।






प्रतिक्रिया दिनुहोस्