Skip to content

दरमखोला हाइड्रो इनर्जीले आईपीओ निष्कासन गर्ने

nabil bank

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीले साधारनण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन १५ गतेबाट आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने छ । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँको १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गर्ने छ ।

यस्तै २ करोड ९१ लाख ९५ हजार रुपैयाँको २ लाख ९१ हजार ९५० कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गर्ने छ । यस्तै कम्पनीका कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर रहेको छ । त्यसपछि सर्वसाधारणलाई २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँको २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्काशन गर्ने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime