Skip to content

पाँचतारे ‘होटल सेफ्रन’ ले स्तरोन्नति गर्दै, के–के थप्दै छ सुविधा ? 

nabil bank
काठमाडौं । बुटवलमा सञ्चालन पाँच तारे ‘होटल सेफ्रन’ ले थप स्तरोन्नति गर्ने भएको छ  । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका, वडा नं. ०८, सुख्खा नगरमा होटल सेफ्रनको थप निर्माण कार्य भइरहेको जानकारी दिएको छ ।
होटलमा कुल २ अर्ब रुपैयाँ लागत लागेको छ । यस होटलको  कुल २ भवन रहेको छ ।  यस होटलमा ८ तल्ला रहेको छ । यसले मुख्य भवन र रेस्टुरेन्ट गरी दुई भवन निमार्ण गरेको जनाएको छ । यस होटलको भवनमा ८१ कोठामा १३० शय्याको लागि मिति २०७७ फागुन २१ गते वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको थियो ।
हाल योजनामा परिवर्तन भई सोही मुख्य भवनमा दुई तल्ला थप निर्माण गरी २८ कोठा थप गरी कुल १०९ कोठामा १३८ शय्या सहितको होटलको स्तरोन्नति गर्ने योजना रहेको रहेको होटलले जनाएको छ । होटलमा स्पा, साउना, स्विमिङ पुल, जिम हल जस्ता सुविधाहरू पनि राख्ने योजना रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime