काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ५० करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेर १ अर्ब ८८ करोड ९ लाख रुपैयाँ रुहेको छ । यस्तै सञ्चालन नाफा १०.०६ प्रतिशतले बढेर ७७ करोड ४२ लाख ५ हजार रुपैयाँ रहेको छ ।
गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १३ करोड १८ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा वितरणयोग्य नाफा २१३.८१ प्रतिशतले बढेको छ । बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता यो अवधिमा बैंकको वितरणयोग्य नाफा उच्च बढेपनि नाफामा भने सामान्य सुधार देखिएको छ । बैंकको लाभांश दिने क्षमता ११ रुपैयाँ ६४ पैसा छ ।
बैंकको प्रतिसेयर १५ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ ।
३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख ५५ हजार रुपैयाँ छ । ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४३ अर्ब २ करोड १४ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।






प्रतिक्रिया दिनुहोस्