Skip to content

नयाँ आर्थिक वर्ष सुरु भएयता सुनचाँदी दुवैको मूल्य बढ्यो 

nabil bank
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ ।
चालु आर्थिक वर्षको ९ दिनको अवधिमा सुन मात्रै नभएर चाँदीको मूल्य समेत बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ९ दिनको अवधिमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार साउन १ गते सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो । साउन ९ गतेसम्म आइपुग्दा २ हजार ४०० रुपैयाँले बढेर १ लाख ९४ हजार ७०० रुपैयाँ पुगेको छ ।
महासंका अनुसार साउन १ गतेको तुलनामा २ गते सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ९२ हजार ५०० रुपैयाँ पुगेको थियो । यस्तै साउन तीन गते सुनको मूल्य २ गतेको तुलनामा प्रतितोला ४ गते ८०० रूपँयाले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको थियो ।
४ गतेको तुलनामा ५ गते सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको थियो । यस्तै ५ गतेको तुलनामा साउन ६ गते प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर १ लाख ९५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै साउन ६ गतेको तुलनामा ७ गते सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार सुनको मूल्य ७ गतेको तुलनामा ८ गते २ हजार ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार २०० रुपैयाँ रहेको छ । यस्तै साउन ८ को तुलनामा ९ गते सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम रहेको छ ।
महासंका अनुसार यो अवधिमा चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले बढेको छ ।
साउन १ गते चाँदी तोलाको २२ सय ६५ रुपैयाँ रहेको थियो । २ गते तोलामा १५ रुपैयाँले बढेर २२ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ४ गते चाँदी तोलामा ५ रुपैयाँले बढेर २२ सय ८५ पुगेको थियो । ५ गते भने चाँदीको मूल्यमा ४ गतेको तुलनामा कुनै फेरबदल आएन । महासंघका अनुसार ६ गते चाँदीको मूल्य ३५ रुपैयाँले बढेर २३२० रुपैयाँ पुगेको छ ।
यस्तै साउन ७ गते चाँदी तोलामा ३० रुपैयाँले बढेर २३५० मा कारोबार भएको थियो । साउन ८ गते ७ गतेको तुलनामा तोलामा १५ रुपैयाँले घटेको चाँदीको मूल्य २३२५ रुपैयाँ रहेको थियो । यता साउन ९ गते भने तोलामा ५ रुपैयाँले बढेर चाँदीको मूल्य २३४० रुपैयाँ पुगेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime