Skip to content

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

nabil bank

काठमाडौं । नबिल बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ ।

बैंकले साउन ६ गतेदेखि ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गरेको छ । यसमा अब साउन २० गतेसम्म आवेदन दिन सकिने छ 

बैंकले प्रति इकाइ एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । बैंकले आफ्नै पहलमा ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र बिक्री गर्ने छ । यस्तै बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन भएको हो । ६० हजार इकाइ भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतममा सम्पूर्ण कित्तामा आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । आवेदन भने नेपाल धितोपत्र बोर्डबाट सी आश्वा स्वीकृती प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime