काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ ।
आइक्यानले शुक्रबार होटल र्याडिसनमा आयोजना गरेको एक कार्यक्रमकाबिच महालेखापरीक्षक तोयम रायाले कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाललाई हस्तान्तरण गरेका थिए । कम्पनीलाई जीवन बीमा तर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो ।
जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०–८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो ।






प्रतिक्रिया दिनुहोस्