Skip to content

प्रधानमन्त्री ओलीले गरे बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन, ७ करोड ५७ लाख लागत (तस्बिरहरु)

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गरेका छन् ।

महोत्तरीको मटिहानी आएका प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा पुलको उद्घाटन गरे ।

महोत्तरीको मटिहानीलाई जनकपुरसँग जोड्ने उक्त पुल निर्माण निर्माण भएसँगै पुरानो पुलको जोखिमपूर्ण यात्रा गर्नबाट स्थानीयको बाध्यता हटेको छ ।

लभगभ एक सय वर्ष पुरानो साँघुरो सो पुलको विकल्पमा नयाँ कालिका कन्सट्रक्सन प्रालि भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपैयाँमा निर्माण गरेको हो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime