काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भएपनि मधेश प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन् ।
समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ । धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण साउन महिला लाग्दा पनि रोपाइँ गर्न पाएका छैनन् ।
सुक्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने साउन ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ । त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ । समयमा वर्षा नभए पछि सुख्खा देखिएको मधेश प्रदेशका खेतहरू ।
तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।


















प्रतिक्रिया दिनुहोस्