Skip to content

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको प्यानल विजयी

nabil bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् ।

शनिबार सम्पन्न संघको निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् ।

उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन् । १६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए ।

झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए । प्यानल सहित चुनावी मैदानमा होमिएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताए । यो जीत समग्र संघका सदस्यहरूको जीत रहेको भन्दै आफूले यो विश्वासलाई सधैं न्याय दिलाउने उद्घोष गरे ।

यससँगै कुँवरले अष्ट्रेलियास्थित संघीय तथा राज्य सरकारहरूबाट अनुदान भित्र्याउने र २ मिलियन डलरको स्रोत सुनिश्चित गर्ने महत्वाकांक्षी योजना अगाडि बढाउने छन् । यसअघि कुँवर एनआरएनए अस्ट्रेलियाको राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१), र ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) को जिम्मेवारीमा बसिसकेका छन् ।

कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमूना कार्यक्रमको रूपमा विस्तार गर्ने योजना पनि अगाडि सारेका छन् । एनआरएनए अष्ट्रेलिया अन्तर्गत निर्माण हुने नेपाली बहुसांस्कृतिक केन्द्रलाई दातृ निकायहरूसँग साझेदारीमार्फत सम्पन्न गरिने उनको योजना छ ।

निर्वाचनबाट उपाध्यक्षमा (एनआरएन अस्ट्रेलियाका अहिलेका प्रवक्तासमेत रहेका बबिन मिश्र विजयी भएका छन् । उनले ७२६१ मत पाउँदा अर्का उम्मेदवार रमेश पौडेलले ४६१९ मत पाए । यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए । उनले ७०३० मत पाउँदा अर्का उम्मेदवार सिड्नीका भरतमणि देवकोटाले ३२५३ र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले १८१४ मत पाए ।

कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए । उनले ७०८७ मत पाउँदा लुना शिवाकोटीले ४७५६ मत पाए। यस्तै सचिव पदमा कल्याण खड्काले ७१८० मतसहित विजयी भए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi