Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्बको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि कारोबार रकम भने बढेको छ ।

बजार मापन गर्ने सूचक १८.४४ अंकले घटेर परिसूचक २९६४.२० बिन्दु कायम भएको छ । आइतबार कारोबार रकम भने निकै बढेको छ ।

आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा विकास बैंक, उत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेका छन् । कारोबारमा लगानीकर्ताको ध्यान विकास बैंकमा बढी देखिएको छ । आइतबार ६३ कम्पनीको मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime