काठमाडौं । गैर आवासीय नेपाली संघ (जापान) को अध्यक्षमा सुभाष लामिछाने निर्वाचित भएका छन् । सम्पन्न निर्वाचनमा लामिछाने अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै बरिष्ठ उपाध्यक्ष टिकाराम खरेल, उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल, दिलिप कंडेल र दिपक सुनार निर्वाचित भएका छन् ।
यस्तै क्षेत्रीय उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी, महासचिवमा श्याम शीतल, सचिवमा नेत्र प्रसाद पाण्डे र दिल्ली प्रसाद सापकोटा (बिष्णु) निर्वाचित भएका छन् ।
निर्वाचनमा क्षेत्रीय सचिवमा सागर कार्की र कोषाध्यक्षमा मुक्तिराज रेग्मी, सह–कोषाध्यक्षमा रामु कंडेल, क्षेत्रीय सह–कोषाध्यक्षमा सन्दीप जिसी, युवा संयोजकमा दिपक बुर्जा मगर निर्वाचित भएका छन् ।






प्रतिक्रिया दिनुहोस्