Skip to content

सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै चिनियाँ कम्पनी

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ छेन्दु जियान फुड कम्पनीले नेपालमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
उद्योग विभागबाट २० अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ ।

प्रधानमन्त्री ओलीले चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण (४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उल्लेख गरेका छन् ।

उनले उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन ९छाला, भित्री अंग, टाउको० उत्पादन गर्ने बताएका छन् ।

उनले भनेका छन् ‘गत मंसीरमा मेरो चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण-४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्ने छ । यस उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्नेछ । निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्वपूर्ण हुनेछ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi