काठमाडौं । लोडसेडिङ चर्चापछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन् । सोमबार चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि सोमबार बिहानै चितवन पुगेका हुन्।
सकेसम्म आजैबाट विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि चितवन पुगेको हो । चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरु गर्यो भनेर विभिन्न खाले हल्ला चलाइरहेका बेला शाक्य आफैं त्यहाँको समस्या बुझ्न, तत्काल समाधान गर्न र आफ्ना कर्मचारीलाई छिटो काम सम्पन्न गर्न प्रोत्साहनका लागि फिल्डमै पुगेका हुन् ।
‘चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी छ,’ सोमबार बिहान चितवन पुगेका शाक्यले भने,’ ‘प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु ।’
उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरूलाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिएका छन् । ‘म बिहान चितवन पुगेको छु । मेरो टिमका साथीहरूसँग पनि यहाँका बारेमा थप जानकारी लिइरहेको छु,’ उनले भने, ‘आज बेलुकासम्ममा चुनौतीको समस्या समाधान हुनेमा आशावादी छौँ । भोलिबाट नियमित विद्युत् आपूर्तिको अवस्थामा पुग्छौँ ।’











प्रतिक्रिया दिनुहोस्