Skip to content

बीमा प्राधिकरणका अध्यक्ष ओझाको पेशी सर्वोच्चका न्यायाधीशद्वय शर्मा र मुसलमानको इजलासमा

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र अव्दुल अजीज मुसलमानको  इजलासमा परेको छ ।

ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्न र निलम्बनमा फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले अध्यक्ष ओझालाई निलम्बन गरेर छानविनका लागि समिति गठन गरेपछि ओझा अन्तरिम आदेश माग्दै सरकार विरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

अध्यक्ष ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, छानबिन समिति, समितिका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime