काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आज बैंकका कार्यकारी अधिकृत (सिईओ) सँग छलफल गरेका छन् ।
छलफलमा अर्थ समितिमा रहेको बाफिया विधेयकमा आज गभर्नर पौडेलले बैंकका सीईओहरुसँग छलफल गरेका छन् ।
छलफलमा बैंकहरुले बैंकर र व्यवसायी छुट्याउनै राज्यको तयारी हो भने अर्को उपयुक्त विकल्प चाहिने बताए । बिना बिकल्प मनलाग्दी बैंक र व्यवसायी छुट्याउनु नहुने सीईओहरुको तर्क छ ।
अहिलेको अवस्थामा बैंकको संस्थापक सेयर बिक्री हुन सकेको छैन । यस्ता विषयमा पनि बैंकहरुले गभर्नरको ध्यानाकर्षण गरेका छन् ।
बैंकर र व्यवसायी छुट्याउन उपयुक्त विकल्प पनि नदिने र तत्काल हटीहाल भन्न नहुने सीईओहरुको भनाइ छ । सीईओहरुको दिएका सुझावमा गभर्नर पौडेल खुसी भएको एक बैंकरले बताए ।
गभर्नरले बाफिया संशोधन विधेयकका प्रस्तावित व्यवस्था र दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिका लागि छलफल गर्न वाणिज्य बैंकहरूका सिईओलाई राखेर छलफल गरेका हुन् । उनले बुधबार बैंकका अध्यक्षहरूलाई छलफलका लागि बोलाएको एक बैंकरले बताए ।






प्रतिक्रिया दिनुहोस्