Skip to content

इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 

nabil bank
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ३० लाख कित्ताले आईपीओ जारी गर्न लागेको हो ।
यस कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीको आईपीओ निष्कासनको सम्झौता पत्रमा  लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड कम्पनी नेपालको अग्रणी स्थायी पुँजी साधन लगानी संस्था हो । जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति  प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरूमा संचालन हुने कम्पनीहरूमा पुँजी परिचालन गरिसकेको छ ।
यस संस्थालाई नेपाल कै अग्रणी इन्स्योरेन्स संस्थाहरू हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स का साथै व्यवसायी राजेन्द्र खेतान र वसन्त चौधरीले प्रवर्धन गरेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime