Skip to content

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला २ हजार २९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला २ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime