Skip to content

अतिकम विकसित देशका नागरिकको बोझिलो पहिचान हटाएँ : प्रधानमन्त्री ओली 

nabil bank
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित देशका नागरिकको बोझिलो पहिचान हटाउन सफल भएको बताएका छन् । उनले मुलुकलाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गरेको बताए ।
सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्र संघको महासभाले २७६८ नं. को प्रस्ताव पारित गरी नेपाललाई अति कम विकसित मुलुकको सूचीमा सूचीकृत गरिएको थियो । प्रधानमन्त्री ओलीले ५५ वर्ष पछि मुलुक उक्त सूचीबाट हट्न सफल भएको बताएका छन् । हाल ४५ देशको एलडिसि समूहको नेतृत्व गरेको नेपाल ७ मुलुकसँगै अर्को वर्ष स्तरोन्नति हुँदै गरेको छ ।
यसले नेपाललाई अन्तर्राष्ट्रिय छवि उच्च बनाउने छ।  नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको यसले संकेत गरेको प्रधानमन्त्री ओलीले बताए । मुलुक यस सूचीबाट हट्दा कन्ट्री रेटिङको सूचांकमा बलियो आउने र लगानीको वातावरण बन्ने उनको विश्वास छ ।
यसैगरी, भिजिट डिप्लोमेसि तथा सगरमाथा संवाद, लगानी सम्मेलन जस्ता कनर्फेन्स डिप्लोमेसि मार्फत आर्थिक कूटनीति मजबुत बनाउन सक्ने अवसर मुलुकलाई मिलेको उनको बुझाई छ। नेपालको अधिकांश व्यापार तथा सहकार्य द्विपक्षीय भएकोले स्तरोन्नतिका कारण यस क्षेत्रमा धेरै असर पर्ने स्थिति भने छैन ।
नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको थियो । संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्यांकनमा नेपालको मानव सम्पत्ति सूचकांक  र  आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा नेपालले प्रगति गरेको जनाएको थियो । तर प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा हालै मात्र सुधार आएको स्थितिले नेपाललाई सन् २०२६ मा मात्र यो अवसर आएको हो ।
यसमा विगतको १५औं योजना र चालु १६औं योजनाले लिएका लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सफल कार्यान्वयनको नतिजा देखा पर्न थालेको उनको विश्वास छ । अहिले आर्थिक सुधारका राम्रा लक्षण देखा पर्न थालेका छन् । चालू सोह्रौँ योजनाको सामाजिक न्याय, सुशासन र समृद्धिका दुर्दृष्टि, लक्ष्य,  र उद्देश्यहरू एलडिसी स्तरोन्नति पछिको अवस्थालाई आधारमानी तयार गरिएको प्रधानमन्त्री ओलीले बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime