Skip to content

कालिका लघुवित्तको नाफा र प्रतिसेयर आम्दानी दुवै बढ्यो

nabil bank

काठमाडौं । कालिका लघुवित्तले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सो संस्थाले यो अवधिसम्म १० करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३६.४२ प्रतिशतले बढी हो ।

सो संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । संस्थाले चौथो त्रैमाससम्म ३८ करोड १० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवमा संस्थाले आर्जन गरेको २५ करोड ३५ लाखको तुलनामा ५०.२९ प्रतिशतले बढी हो । उक्त संस्थाले ४८ लाख २४ हजार रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।

सो संस्थाको खुद सञ्चालन आम्दानी ४३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २५.१९ प्रतिशतले बढेर २८ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

४० करोड ७६ लाख रुपैयाँ चुक्तापुँजी भएको संस्थाको रिटेन्ड अर्निङ ६ करोड ४० लाख रुपैयाँ र रिजर्भ २८ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको निक्षेप संकलन १ अर्ब ६४ करोड र कर्जा प्रवाह ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवसम्म ३.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.६७ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १५.१९ रुपैयाँ रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime