काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज बजारमा चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तीन दिनदेखि निरन्तर बढेको हो ।






प्रतिक्रिया दिनुहोस्