काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भूवन सिंह बस्नेत अनुगमनमा खटिने टोलीको समय ३ दिन मात्रै भएकाले सबै कुरा नभ्यार्ईको भन्दै पन्छने प्रयास गरेका छन् ।
पक्राउ परेका बस्नेतले बयान दिने क्रममा बैंकको अवस्था समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने दाबी गरेका छन् ।
निरीक्षणको उद्देश्य बिगतको निरीक्षणको प्रतिवेदनको कार्यान्वयनको पक्षको एकिन गर्नको लागी खटिएको हुँदा सो विषय बस्तुको बारेमा नहेरिएको बताए । उनले बिस्तृत निरीक्षण टोलीले हेर्नुपर्ने र लेखा परीक्षण कुरा नेपाल राष्ट्र बैंकबाट हुने समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने उनको तर्क छ ।
‘लेखा परीक्षण, कल एकाउन्टहरुमा रहेको नगद मौज्दातहरु (ओपनीङ एन्ड क्लोजिङ ब्यालेन्स) जस्ता कुरा नेपाल राष्ट्र बैंकबाट हुने समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । अनुगमनमा खटिने टोलीको कार्य दिन जम्मा ३ दिन मात्र रहेको हुँदा सबै कुरा नभ्याईने भएको हुँदा समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ’ उनले बयानमा भनेका छन् ।
राष्ट्र बैंकका कायम मुकायम निर्देशक बस्नेतसहितले कर्णाली डेभलपमेण्ट बैंकमा २०७५ वैशाख २७ गतेदेखी २०७५ जेठ २ गतेसम्म स्थलगत अनुगमन निरीक्षण गरेका थिए । जसमा बस्नेतसहित सहायक निर्देशक टेकराज भण्डारी टोली प्रमुख र सहायक निर्देशक राजन प्रसाद रेग्मी सदस्य रहेका थिए । बस्नेत टोलीको सुपरभाईजर रहेर स्थलगत निरीक्षण रहेका थिए ।
टेकराज भण्डारी र राजन प्रसाद रेग्मी कर्णाली डेभलपमेण्ट बैंकमा स्थलगत रुपमा निरीक्षणको लागी खटिई अनुगमन निरीक्षण गरी आफुलाई रिपोर्टिङ गर्ने गरेको उनको दाबी छ । उक्त समयमा आफु राष्ट्र बैक वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत रहेको बयान दिएका छन् । उनले समयले भ्यायसम्म आकस्मिक रुपमा भल्टको निरीक्षण गर्ने गरेको जनाएका छन् ।
‘२०७५ फागुन ६ गते अवकाश हुनु भन्दा १ महिना अगाडी बिदा बसेको समयमा कर्णाली डेभलपमेण्ट बैंक लि।का कर्मचारीहरुलाई बिहान ८ बजे देखी साझ १६:४० बजे सम्म २ दिनसम्म तालिम दिएको थिए । २०१९/०२/१३ मा १ लाख प्रदानगरे बापतको पारिश्रमिक हो । सन् २०१९/०२/०८ मा मेरो खातामा आएको ५० हजारको सम्वन्धमा मेरो श्रीमती कबिता केसीको नाममा रहेको बा ४ च ७८२६ नं. को सेन्ट्रो गाडी मैले २०७५ सालको माघ महिनामा राजेन्द्र वीर रायसँग मेरो गाडी विक्री गर्ने कुरा गरेकोमा निज राजेन्द्र वीर रायले मेरो गाडी कर्णाली डेभलपमेण्ट बैंक लि। को नाममा ८ लाख २५ हजारमा खरिद बिक्री गर्ने कुरा गरी मेरि श्रीमतीको नामको बा ४ च ७८२६ नं।को सेन्ट्रो गाडी बिक्री बापतको ५० हजार मेरो खातामा जम्मा गरिएको हो’ उनले बयानमा भनेका छन् ।
आफ्नो खातामा सन् २०२०/०९/०२ मा कर्णाली डेभलपमेण्ट बैंक खातामा ४२ हनार ५०० र ४२ हजार ५०० गरी ८५ हजार बैंकका कर्मचारीहरुलाई प्रशिक्षण दिएर पारिश्रमिक पाएको दाबी गरेका छन् ।
आफ्नो खातामा जम्मा भएको ७ लाख ४९ हजार ५० रुपैयाँ श्रीमतीको नामको गाडी बिक्री गरे बापतको रकम जम्मा गरिदिएको उनको भनाइ छ । सन् २०१९/०२/०३ मा आफ्नो खातामा जम्मा भएको १ एक लाख के कुन प्रयोजनको लागी जम्मा गरिदिएका हुन आफुलाई याद नभएको बयान दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्