Skip to content

कृषिमा केन्द्रित कर्णाली कृषि मन्त्रालयको प्रगति ६९ प्रतिशत

nabil bank

कर्णाली । कर्णाली प्रदेशकोकृषि क्षेत्रको उन्नयनमा आफूलाई केन्द्रित गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक प्रगति औसत गरेको छभने वित्तीय उपलब्धि ६९ प्रतिशत हासिल गरेको छ ।

बुधबार यहाँ भएको वार्षिक प्रगति समीक्षामा उक्त जानकारी दिइएको हो । उक्त आवमा कालिकोट कृषि विकास कार्यालयले ९६.६९ प्रतिशत वित्तीय प्रगति गरेको थियो । ब्याज अनुदान कार्यक्रमअन्तर्गत छ बैंकमार्फत १ अर्ब ४४ करोड रुपैयाँ लगानी गरिएको तथा त्यसबाट ५ सय ३५ जना कृषि व्यवसायी लाभान्वित भएका जनाइएको छ ।

त्यस अवसरमा दिइएको जानकारीअनुसार गत आवमा ३६५ मेट्रिक टन अदुवा तथा बेसार जर्मनी निर्यात भएको, दुई हजार कृषक प्राङ्गारिक प्रमाणीकरणमा आवद्ध भएका, सात सय ४७ वटा साना सिँचाइ योजनाबाट दुई हजार १ ४२ हेक्टरमा सिँचाइ सेवा सुधार भएको तथा ९०० हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime