Skip to content

सञ्चालकसहित मिलेर ९४ करोड अपचलन गरेको पूर्व सीईओ रायको स्वीकारोक्ति (बयानको पूर्णपाठ)

nabil bank

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक पूर्वकार्यकारी अधिकृत (सिईओ) राजेन्द्र वीर रायले सञ्चालकसहित आफू मिलेर ९४ करोड रुपैयाँको अपचलन गरेको स्वीकार गरेका छन् । उनले अदालतमा दिएको बयानमा आफूसहित विभिन्न व्यक्तिले उक्त बैंकको रकम अपचलन गरेको स्वीकार गरेका हुन् ।

अपचलन गरिएको रकमको हरहिसाब गोप्य रुपमा राख्ने सर्तमा राजेन्द्र वीर रायले ३२ करोड रुपैयाँ, पशुपति दयाल मिश्रले १५ करोड, निरज विक्रम शाहले १५ करोड, दिनेशकुमार रावतले १५ करोड, बेदप्रकाश सिंह ठकुरीले १५ करोड र सुशील कुमार सार्की ‘नेपाली’ ले दुई करोड गरी जम्मा कुल नगद ९४ करोड रुपैयाँ अपचलन गरेको स्वीकार गरेका हुन् ।

उनीहरुले कर्णाली डेभलपमेण्ट बैंकले हिल्सा इन्भेष्टमेण्ट प्रालिलाई प्रवाह भएको १५ करोड रुपैयाँमा रायले १२ करोड र बाँकी तीन करोड रुपैयाँ दिनेशकुमार रावत र निरज विक्रम शाहले अपचलन गरेका हुन् ।

यसैगरी, राप्ती पोलिमर्स प्रालिलाई प्रवाह भएको १५ करोड रुपैयाँबाट पुर्ब सिईओ रायले नै १२ करोड अपचलन गरेको स्वीकार गरेका छन् । बाँकी तीन करोड दिनेश कुमार रावत र निजको भिनाजु नाताको महेशजंग थापाले अपचलन गरेका उनले बयानमा बताएका छन् । यसैगरी, वेचनलाल भुजुवाको नाममा प्रवाह भएको ८० लाख रुपैयाँ कर्जा पूर्वसिईओ राय आफैले चलाएको बयान दिएका छन् ।

यसैगरी, बाँके केमिकल्स प्रालिलाई भनेर लगानी भएको १५ करोड रुपैयाँ कर्जा दिनेशकुमार रावतले ८ करोड र सिईओ रायले नै ७ करोड अपचलन गरेको बताएका छन् । यसैगरी, उक्त कम्पनी १५ करोडमा तिलक बिक र उनका समूहलाई बिक्री गरेकोमा दिनेशकुमार रावतको मिलेमतोमा ११ करोड ५० लाख मात्र कर्णाली बैंकमा तिरी बाँकी रकम ३ करोड ५० लाख तिलक विक र दिनेशकुमार रावतले चलाएका हुन् ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरज बिक्रम शाह र महादेव भन्ने वेद प्रकाश सिंह ठकुरीले कर्णाली डेभलपमेण्ट बैंकको अन्य बैंकमा रहेको मौज्दात भन्दा बढी रकम उल्लेख गरी बैंकको लेजरमा लेखेका हुन् । यसैगरी, अक्रा पुर्ब सिईओ निरज विक्रम शाहले पनि यस बैंकबाट १२ करोड रुपैयाँ १२ करोड रुपैयाँ अपचलन गरेका छन् ।

दिनेश कुमार रावतले १० करोड रुपैयाँ महादेव भन्ने वेद प्रकाश सिंह ठकुरीले पाँच करोड, ओमप्रकाश मिश्रले ५ करोड, मान बहादुर चौधरीले २ करोड रुपैयाँ अपचलन गरेका पूर्वसिइओ रायले बयान दिएका छन् ।

यसैगरी, बैंकको कर्णाली डेभलपमेण्टको अन्य बैंकमा रहेको खाताहरुबाट रकम निकाली सो रकम बैंकमा नल्याई व्यक्तिगत रुपमा प्रयोग गर्ने गरेको पनि उनले खुलाएका छन् । सिष्टममा सो रकम अभिलेख नगर्ने, भल्टबाट निकालिएको पैसा नगदै लिने सो बापत खातामा पैसा नभएको डमी चेकहरु दिने सो कुरा सिष्टममा अभिलेख नगर्ने र अन्य बैंक खाताहरुमा जम्मा गर्न लगिएको रकम जम्मा नगरी आफुलाई चाहिएको बखत चलाउने तर बैंकको सिष्टममा रकम जम्मा गरिएको भनी जनाउने सर्तमा पनि अपचलन भएको उनको बयान छ ।

उक्त समयमा बैंकको हरहिसाब राख्ने काम लेखा शाखाका वेद प्रकाश सिंह ठकुरीले गर्ने गरेका थिए भनी सोको भेरिफिकेसन गर्ने काम तत्कालिक लेखा विभाग प्रमुख निरज विक्रम शाहले गर्ने गरेको रायको बयान छ । अपचलन लेजर मौज्दातमा बढी रकम उल्लेख गर्ने गरिएको थियो । सहमती बमोजिम अपचलन गरिएको रकमको हिसाब राख्ने काम पनि महादेव भन्ने वेद प्रकाश सिंह ठकुरीले गर्ने गरेको उनले बताए।

यसैगरी, बैंकलाई समय समयमा चाहिने व्यालेन्स सिट, हिसाब मिलान दिन जस्तै असार मसान्त, नेपाल राष्ट्र बैंकको निरीक्षण र लेखापरीक्षणको सिलसिलामा बिभिन्न बैंकमा रहेको खाताको हिसाब मिलान भएको देखाउने काम लेखा विभागको भएको हुँदा केन्द्रीय कार्यालयका लेखा शाखाका प्रमुख महादेव भन्ने वेद प्रकाश सिंह ठकुरी र तत्कालीन लेखा विभाग प्रमुख निरज विक्रम शाहलाई जिम्मेवारी दिएको हुँदा निजहरुले अपचलन भएको रकम लाई मिलाउनका लागि अन्य बैंकमा रहेको खाताको व्यालेन्स सिट किर्ते बनाउने गरेको उनको बयान छ ।

नेपाल राष्ट्र बैंक, आन्तरिक तथा बाह्य लेखा परीक्षकलाई चाहिने सबै डकुमेन्ट किर्ते गरी बनाई गुमराहमा पार्ने काम निरज विक्रम शाहले गर्ने गरेको रायले बयानमा बताएका छन् । वेद प्रकाश सिंह ठकुरीले राजिनामा दिए पश्चात किर्ते व्यालेन्स सिट बनाउने काम नायव कार्यकारी अधिकृत निरज विक्रम शाह र लेखा शाखा प्रमुख सौरभ खड्काले गर्ने गर्दथे । निरज विक्रम शाह प्रमुख कार्यकारी अधिकृत भए पश्चात सौरभ खड्का र निरज विक्रम शाहले गर्दथे ।

पूर्वसिईओ राजेन्द्र वीर रायको बयान

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime