Skip to content

महुली लघुवित्तले कमायो ११ करोड ४५ लाख नाफा, लाभांश क्षमता ३३ प्रतिशत माथि

nabil bank

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले ११ करोड ४५ लाख रुपैयाँ  खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा संस्थाले ३ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको नाफा २५५.८० प्रतिशतले बढेको छ।
चालु आवमा यस कम्पनीको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ रहेको छ। संस्थाको लाभांश क्षमता ३३.५७ प्रतिशत रहेको छ। समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा १६ करोड ३६ रुपैयाँ रहेको छ अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको सञ्चालन मुनाफामा २३२.३३ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा संस्थाले ३६ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २५ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ४३.०३ प्रतिशतले बढेको छ।
चुक्ता पुँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः १२ करोड ४१ लाख रुपैयाँ र २९ करोड ८९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ २ करोड ६४ लाख रुपैयाँ र रिजर्भमा २८ करोड ५८ लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा संस्थाले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ५८ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा वर्षमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.८० प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि संस्थाको एनपीएल ३.९४ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३०.९६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.९८ रुपैयाँ थियो। पिई रेसियो ४१.८६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्क २१४.३९ रुपैयाँ रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi