Skip to content

एमजीको ‘आइएम सिक्स’ इलेक्ट्रिक गाडी सार्वजनिक, मूल्य कति ?

nabil bank

काठमाडौं । नेपालमा एमजीको आइएम सिक्स इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक कार्यक्रमकाबीच उक्त गाडी सार्वजनिक गरेको हो।

उक्त कम्पनीले सो गाडी सार्वजनिक गर्दै नेपालमा पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक आइएम सिक्स भएको दाबी गरेको छ। ७४ लाख ९९ हजार मूल्य तोकिएको उक्त गाडी ईभी प्रविधि, अत्याधुनिक एआई र लक्जरी डिजाइनको समिश्रण भएको कम्पनीको भनाइ छ।

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले नेपालमा एमजी आइएम ट सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेको बताए। यो गाडी एसएआइसीको इन्टेलिजेन्स इन मोसनु को विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ।

उत्कृष्ट रेञ्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित, यो केबल इभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य भएको उनले बताए।

उद्योगकै अग्रणी कम्पोनेन्टहरूद्वारा निर्मित, यसको भेइकल मोसन कन्ट्रोल प्रणालीले सवारीलाई समयानुकूल बनाउने कम्पनीको दाबी छ।

उच्चस्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान(टच जस्ता बुद्धिमान सुविधाहरूले सुसज्जित, यो क्याबिनले स्मार्ट, थप सहज ड्राइभको लागि परिवर्तनशील अवस्थाहरूमा निर्बाध रूपमा अनुकूल रहेको क्षेत्रीले बताए।

आइएम सिक्स ७५ किलोवाटको प्रमुख विशेषता भनेको ४ सय ५० रेन्ज हो। गाडीमा १ सय ९ किलोबाटको हरिकन मोटर छ। २० इन्च एयरोडाइनामिक टायर र क्रव मोड सहितको इन्टेलिजेन्ट फोर–व्हिल स्टियरिङ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime