काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षमा यस कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा पनि घटेको हो । गत आवमा यस कम्पनीको खुद ब्याज आम्दानी २२ करोड ४५ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा २८ करोड ९८ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस कम्पनीको सञ्चालन नाफा पनि घटेको छ । गत आर्थिक वर्षमा यस कम्पनीको सञ्चालनमा नाफा १४ करोड ९८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षको तुलना ४० प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीको सञ्चालन नाफा २५ करोड १४ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।
गत आवमा यस कम्पनीको वितरण योग्य ८ करोड ५४ लाख ३० हजार रुपैयाँ रहेको छ । यस कम्पनीको वितरण योग्य लाभांश ७ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्क १२५ रुपैयाँ ९५ पैसा रहेको छ ।
गत आवमा १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटीबाट ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिक्रिया दिनुहोस्