काठमाडौं । सिटिजन्स सदाबहार योजनाका एकाइ बाँडफाँट भएको छ । योजनाका एकाइ बिहीबार बाँडफाँट भएका हुन् ।
सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे यो प्रथम खुलामुखी योजना हो ।
असार १३ देखि २७ गतेसम्म एकाइ सार्वजनिक रूपमा निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो ।
यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्कासन अवधिभित्र आवश्यकभन्दा बढी संख्यामा एकाइको माग प्राप्त भएको थियो । २५ प्रतिशतभन्दा बढीले म्युचुअल फन्डमा आवेदन दिएका थिए ।






प्रतिक्रिया दिनुहोस्