Skip to content

हकप्रद सेयर निष्कासन गर्न लागेको सिटि होटलको बुकक्लोज कहिले ?

nabil bank

काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न लागेको सिटि होटलले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले साउन २७ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ ।

साउन २६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime