काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।
उनले आज पदबाट राजीनामा दिएका हुन् । लामा २०८१ साउन ९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राजीनामा दिएको उनले बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्