Skip to content

टेलिकमले खरिद गर्न लागेको नयाँ विलिंग सिस्टमका सम्बन्धमा अख्तियारमा उजुरी (कागजपत्रसहित)

nabil bank

काठमाडौं । नेपाल टेलिकमबाट खरिद गर्न लागिएको नयाँ विलिंग सिस्टमका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

साउन १४ गते अधिवक्ता विक्रम थापाले टेलिकमबाट खरिद गर्न लागिएको नयाँ विलिंग सिस्टमका बोलपत्रमा भएको भ्रष्टाचार र बोलपत्रदाताको प्राविधिक मुल्यांकनको सम्बन्धमा उचित छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी गरेका छन् । उजुरी नम्बर सी–००४८०० रहेको छ ।

नेपाल टेलिकमबाट आईएफबी नम्बर एनडीसीएल र सीटीओरआईसीबीर ०७/२०८१/०८२ सप्लाई डेलिभरी स्टिलेशन एन्ड कम्युनिकेशन अफ कन्भरजेन्ट रियल टाइम बिलिङ एन्ड क्सटमर सपोर्ट सिस्टम इन भर्चुअलाइज्ड प्लेटफर्मको अर्न्तराष्ट्रिय बोलपत्र आह्वान भएको थियो । त्यस उपर बोलपत्र समेत परेकोमा बोलपत्र दाताहरुको प्राविधिक परीक्षण भई रहेको भनिएको थियो । यही बिचमा टेलिकमबाट खरिद गर्न लागिएको नयाँ विलिंग सिस्टम सम्बन्धी बोलपत्रमा भएको भ्रष्टाचार र बोलपत्रदाताको प्राविधिक मुल्यांकनका बिषयमा प्रश्न उठेको उजुरीमा उल्लेख छ ।

यस्तै सर्वोच्च अदालतको निर्णयको भावना विरुद्ध नहुने गरी मुल्यांकन गर्नुपर्ने, सर्वोच्च अदालतले नेपाल टेलिकमको बलिङ प्रणालीसँग नै सम्बन्धित मुद्दामा भदौ २५ गते जारी गरेको अन्तिम आदेशमा बिलिङ प्रणालीको उत्पादक वा विक्रेता कम्पनीको मुख्य संचार प्रणाली अर्न्तगत रहनुपर्ने व्यक्तिको वैयक्तिक सुचना तथा तथ्यांकमा पहुँच नपुग्ने अवस्थाको सुनिश्चितता तथा यस सम्बन्धी खरीद प्रक्रियामा स्वार्थको द्वन्द नहुने अवस्थाको सुनिश्चितता गर्नुपर्ने भनिएको उजुरीमा उल्लेख छ । त्यसैले सैद्धान्तिक रूपमा यी बिलिङ र नेटवर्क भेन्डरहरू फरक हुनुपर्छ । तर टेण्डरको कागजात तयार गर्दाको अवस्थामा नै यस सम्बन्धमा कुनै पनि रोक नलगाई सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख छ ।

यस कारण नेटवर्क सप्लायर र बलिलङ सिस्टम सप्लायर एकै कम्पनी हुन गएमा डेटा म्यानुपुलेसन हुने सम्भावना उच्च रहेको छ । टेण्डरको एक बोलपत्रदाता हुवावे नेपाल टेलिकमको प्रमुख नेटवर्क सप्लायर भएको उल्लेख छ । उल्लेखित कम्पनी छनौट भएको अवस्थामा प्रयोगकर्ताको व्यक्तिगत र गोप्य जानकारीको सुरक्षाको सुनिश्चितता नहुने उजुरीमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime