Skip to content

दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपालमा सार्वजनिक

nabil bank
काठमाडौं । नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी दिपल एस०७ को नयाँ भेरियन्ट आईसीए सार्वजनिक भएकाे छ ।
नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्वदिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँ उचाइमा  पुर्याउने अपेक्षा गरिएको छ ।
दिपल एस०७आईसीए भेरियन्ट नयाँ एक्साइटिंग कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७ आइसिएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ ।
नयाँ दिपल एस०७आईसीए एप ग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्ट र सुन्दर इभी हो ।एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँइभीको सार्वजनिक करणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्साउँछ ।’
यसैगरी, नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्र्याक गर्न सकिन्छ । साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।
दिपल एस०७ आइसिएमा आफ्नो ट्रेन्डसेटिंग सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ । यसको टाइम लेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका इन्डस्ट्री फर्स्ट फिचरले दिपलको भिजनलाई दर्साउँछ ।
यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टच स्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेम लेस डोर र फल्स ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिकग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ ।
यता यसले दिपल एस०७ र्आइसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जिरो ओनरशिप कष्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल इभीमा पाँच वर्ष सम्म कुनै खर्च गर्नुपर्ने छैन । दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटो प्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कष्ट, इलेक्ट्रिसिटी कष्ट र रोड ट्याक्स पाउनु हुनेछ । यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभी दिपल एस०७ सहजैसँग खरिद गर्न सक्नेछन् ।
नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरतादिने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime